काठमाण्डौ १९, माघ । नेकपा प्रचण्ड –नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्स्थापनाको मुद्दामा काँग्रेस र जसपा लगायतसंग एकता गरि ७ वटै प्रदेशमा ओली पक्षलाई एक्लाउने तयारी भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्थापनाका लागि सवै दल एक ठाँउमा आउने अबस्था बनेको बताउनुभयो ।
उहाँले काँग्रेस र जसपामा चुनाव कि संसद् पुनस्स्थापना भन्नेबारे आन्तरिक मतभेद रहेकै बेला उनीहरुसँग पुनस्स्थापनाका लागि सहमति बन्न लागेको खुलासा गर्नुभयो । आज बसेको बैठकलाई सम्बोधन गर्नुहुदै उहाँले यस्तो खुलासा गर्नुभएको हो ।