Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

घाम ताप्दै गरेका शिक्षको लडेर मृत्यु


3.5K
Shares

घाम ताप्दै गरेका शिक्षको लडेर मृत्यु

खत्याड गाउँपालिका–३ बुगागाउँस्थित कालिका माविमा कार्यरत शिक्षक २७ वर्षीय जयबहादुर शाहीको घाम ताप्दै गर्दा लडेर मृत्यु भएको छ । नुहाइधुवाइ गरेर घाम ताप्न बसेका शिक्षकको लडेर मृत्यु भएको हो।

शाही बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरका हुनुहुन्छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी हवल्दार पृथ्वी रावतका अनुसार शाही शनिबार गाउँ नजिक रहेको धारामा नुहाइधुवाइ गरी पाखामा घाम तापिरहेका बेला एक्कासी बसेकै स्थानबाट लड्नु भएको हो।

२०० मिटर तल खसेका शाहीको टाउको र छातीमा चोट लागेपछि उपचारका लागि शनिबारै तीन घण्टा टाढा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो। उपचार कै क्रममा शाहीको शनिबार राति ११ बजे मृत्यु भएको प्रहरीले बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology