Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकी प्रदेशमा मन्त्री हेरफेर हुनसक्छ : मन्त्री बस्नेत


3.6K
Shares

गण्डकी प्रदेशमा मन्त्री हेरफेर हुनसक्छ : मन्त्री बस्नेत

गोरखा १८, माघ ।  गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशमा मन्त्री हेरफेर हुनसक्ने संकेत गर्नुभएको छ । गोरखा सदरमुकाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो संकेत गर्नुभएको हो ।

sa‘मन्त्रीहरु थप्ने, घटाउने भन्ने कुराचाहिँ मुख्यमन्त्रीमा निर्भर हुन्छ, उहाँलाई आवश्यक परे थप्न पनि सक्नुहुन्छ, हटाउन पनि सक्नुहुन्छ, उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले केन्द्रमा संसद बिघटनको बिषयलाई लिएर प्रदेशहरुमा अबिस्वासको प्रस्ताव भइरहेको भएपनि गण्डकीमा समस्या नरहेको बताउनुभयो ।

‘गण्डकी प्रदेश सरकारविरुद्ध अंकगणितीय आधारमा अविश्वासको प्रस्ताव आउँदैन र आयो भने पनि त्यसले कुनै अर्थ राख्दैन’, उहाँले भन्नुभयो, ‘ढुक्क भए हुन्छ, गण्डकी प्रदेशको सरकार अबको दुई बर्ष पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा चल्छ । त्यसमा कुनै शंका गर्नु जरुरत छैन ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology