Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेकपाका प्रचण्ड र ओली दुवै पक्षका अध्यक्षलाई निर्वाचन आयोगले बोलायो


1.4K
Shares

नेकपाका प्रचण्ड र ओली दुवै पक्षका अध्यक्षलाई निर्वाचन आयोगले बोलायो

काठमाण्डौ १६, माघ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुई वटै समूहलाई आज छलफलका लागि बोलाइएको हो ।

अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको उहाँले बताउनुभयो । छलफल विहान साँढे ११ बजेको बोलाईएको छ । नेकपाका दुबै समूहबाट छलफलमा पाँच÷पाँच जना पठाउन भनिएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई वटा समूह क्रियाशील छ । यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology