Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० नाघ्यो


1.8K
Shares

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० नाघ्यो

काठमाण्डौ १३, माघ । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड नाघेको छ । गत २४ घन्टामा विश्वभर ४ लाख ३३ हजार ४ सय ८९ जना नयाँ सङ्क्रमित थपिएका छन् । वल्र्ड मिटरको तथ्याङ्क अनुसार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड २ लाख ६० हजार ८ सय ४२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ९ हजार ३ सय ७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख ४८ हजार ४ सय ८८ पुगेको छ ।

कोरोनाका कारण हालसम्म विश्वभर सङ्क्रमित भएकामध्ये ७ करोड २२ लाख ६७ हजार ३ स य ९५ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५८ लाख ४३ हजार ८५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology