Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रधानमन्त्री लामो असन्तुष्टी पछि सभामुख सापकोटाले खोले मुख


2.7K
Shares

प्रधानमन्त्री लामो असन्तुष्टी पछि सभामुख सापकोटाले खोले मुख

काठमाण्डौ १२, माघ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई कहिले असहयोग नगरेको बताउनुभएको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसदले आफूलाई सहयोग नगरेको दाबी गर्दै आउनुभएको छ । सभामुख सापकोटाले भने त्यो आरोप अस्वीकार गर्नुभयो ।

आज अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले वर्षे अधिवेशनले नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेको स्मरण गर्नुभयो । हरेकमा प्रतिनिधि सभाले सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिले पनि असहयोग गरेको छैन, सापकोटाले भन्नुभयो ।

प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने अन्तर पार्टी महिला सञ्जालको मागप्रति आफू गम्भीर रहेको पनि उहाँले बताउनुभयो । अन्तर पार्टी महिला सञ्जालले विघटित प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । अध्यक्ष सावित्रा भुसाल सहितका नेतृहरुले आज सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology