गोरखा १२ माघ । गोरखामा पछिल्लो समय चोरीको बिगबिगी बढेको छ । शनिबार दिउँसो मात्र एक बृदाको गहना लुटिएको गोरखा बजार क्षेत्रबाट गएराती फेरि २ वटा मोटरसाईकल चोरी भएको छ ।
सदरमुकाम क्षेत्रको बराह र बिरेनचोकबाट एकै साथ एकै कम्पनीको २ वटा मोटर साईकल चोरी भएको हो ।
गोरखा नगरपालिका ७ बराह क्षेत्रबाट बा. ८२ प ४४३८ को र बिरेनचोक क्षेत्रबाट लु ६० प २५९० नम्बरको पल्सर कालो रातो रंगको चोरी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका ८ मैलुम घर भएका सुरेश पुलामीको बराह क्षेत्रमा रहेको भिनाजुको घरमा पार्किङ गरेर राखेको २२० को पल्सर र गोरखा नगरपालिका १० बिरेनचोकबाट बिशाल थापाको २२० को पल्सर घर अगाडी पार्किङबाट चोरी भएको हो ।
चोरी भएको क्षेत्रमा अहिले प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । (फाइल फोटो)