Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

संसद बिघटन बिरुद्ध गोरखाका वडावडामा काग्रेसको बिरोध प्रर्दशन


6.1K
Shares

संसद बिघटन बिरुद्ध गोरखाका वडावडामा काग्रेसको बिरोध प्रर्दशन

गोरखा ८ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज गोरखाका चुमनुव्री र धार्चे गाउँपालिका बाहेका सवै वडाहरुमा बिरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज जिल्ला भित्रका ११ मध्ये ९ वटा स्थानीयतहका करिब ८० वटा वडाहरुमा बिरोध प्रर्दशन गरेको पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपानले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेसले सडक संघर्ष जारि राखेको छ । कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । निर्वाचनको विषयमा भने सर्वोच्चको आदेश कुर्ने कांग्रेसको भनाइ छ । बिभिन्न वडामा भएको बिरोध कार्यक्रममा नेताहरुले संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको नेताहरुले बताएका छन । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गर्ने निर्णय गरेको बिरोधमा नेपाली काग्रेसले बिहिवार वडा स्तरको प्रर्दशन गरेको हो ।

गोरखा नगरपालिका भित्र १४ वटै वडा भित्र केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, महासमिति सदस्य राजनराज पन्त, भुगोल थापा लगायतका नेताहरुले सभालाई संवोधन गरेको उहाँले बताउनुभयो । जिल्लाका अन्य वडाहरुमा पनि केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेको काग्रेस गोरखाले जनाएको छ । बिरोध कार्यक्रम अन्र्तगत सिरानचोक वडा नम्बर ३ मा मुस्लिम संघका केन्द्रीय सदस्य अव्दुल सतार, बुडकोट वडा नम्बर ७ र८ मा भएको बिरोध कार्यक्रममा जिल्ला सचिव नन्दप्रसाद न्यौपानले, मनकामनामा भएको बिरोध कार्यक्रममा जिल्ला कोषाध्यक्ष कृष्ण आले लगायतले सम्बोधन गर्नुभएको थियो ।

सभामा संवोधन गर्ने नेताहरुले संसद बिघटनको निर्णय असंवैधानीक भएको दावी गरेका छन् । अदालतमा मुद्धा परेको र अदालतले गर्ने फैसला काग्रेसलाई मान्य हुने नेताहरुले बताएका छन् । कांग्रेसले माघ ३ गते जिल्ला भित्रका बिभिन्न स्थानीयतहरुमा समेत बिरोध कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology