Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सरकारले गएरातीदेखि बढायो पेट्रोलियम पदार्थको मुल्य


3.1K
Shares

सरकारले गएरातीदेखि बढायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं ६, माघ । सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ।निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो। सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ।

सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।

मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology