Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतीय भूमिमा चीनले बस्ती निर्माण गर्यो


1.8K
Shares

भारतीय भूमिमा चीनले बस्ती निर्माण गर्यो

एजेन्सी ५ ,माघ । चीनले भारतीय भूमिमा एउटा गाउँ नै निर्माण गरेको छ ।चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले १०१ वटा घर भएको एउटा बस्ती नै बनाएको भारतीय मिडियाले जनाएका छन् ।

एनडीटिभीले आफ्नो स्याटलाइट दृश्यमा उक्त गाउँ देखिने जनाएको छ । चीनसँगको भारतको सिमानाको करिव ४ दशमलब ५ किलोमिटर भित्र नै उक्त गाउँ अवस्थित रहेको एनडीटिभीको दावी छ ।

यस क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदैआएको छ । लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology