Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रधानमन्त्री र राष्ट्रपति बिच भेटवार्ता


2.3K
Shares

प्रधानमन्त्री र राष्ट्रपति बिच भेटवार्ता

काठमाण्डौ ४, माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता बाक्लो हुँदै आएको छ । भेटमा राजनीतिक विषयमै छलफल भएको बताइएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटमा यिनै समसामयिक विषयमा करिब दुई घण्टासम्म छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology