Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखन गाउँपालिकाका २० युवाहरुलाई ४५ दिने मोवाईल तालिम


4.5K
Shares

शहिद लखन गाउँपालिकाका २०  युवाहरुलाई ४५ दिने मोवाईल तालिम

गोरखा २, माघ  । गोरखाको शहिद लखन गाउँपालिकाका युवाहरुका लागि ४५ दिने मोवाइल तालिम शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का २० जना युवाहरुलाई घरेलु तथा साना उद्योग कार्यालय गोरखाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

दक्ष प्रबिधिकहरुबाट दिइने तालिमबाट युवाहरुलाई स्वरोजगार बनाउन लक्ष्य रहेको कार्यालय जनाएको छ । तालिमको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापामगरले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अम्गाई, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगर लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology