काठमाण्डौ २९, पुस । मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका विभिन्न भागमा मौसम बदली रहने बताएको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि आज बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाले जारी गरेको नियमित बुलेटीनमा आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुका साथै तराईका केही भूभागमा हुस्सु÷कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।