Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज देशका केहि स्थानमा वर्षाको सम्भावना


4.6K
Shares

आज देशका केहि स्थानमा वर्षाको सम्भावना

काठमाण्डौ २८, पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमध्ये एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

सम्भावित स्थानमा काठमाडौं उपत्यका पनि रहेको भन्दै उहाँले उल्लिखित प्रदेशभरमा एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको बताउनुभयो । उहाँका अनुसार नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर अहिलेको मौसम बदली स्थानीय वायुको प्रभावले भएको हो ।

आज तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातको समय प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology