गोरखा २६, पुस । नेकपा गोरखाको प्रचण्ड–नेपाल पक्षका युवा बिधार्थीको भेला तथा प्रशिक्षण आज सम्पन्न भएको छ । पार्टी कार्यालय पाटेचौरमा भएको भेला तथा प्रशिक्षणमा जिल्ला भित्रका अगुवा बिधार्थी तथा युवाहरुको सहभागिता रहेको अनेरास्वबियूका केन्द्रीय सदस्य रामकृष्ण भट्टले जानकारी दिनुभयो । भेलालाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य एवं बिघटित प्रतिनिधि सभाका हरिराज अधिकारीले प्रधानमन्त्री ओलीले गैह्रसंबैधानिक कार्यलाई सशक्त बिरोधमा उत्रन आवहन गर्नुभयो ।
उहाँले संंबिधानमा हुदै नभएको अधिकारीको प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिगामी कदम चालेको भन्दै लोकतन्त्र, संबिधान र सवैखालका आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि एकजुट हुुनुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्री ओलीले गरेको संबिधान बिघटन संबिधान बिघटन भन्दा पनि ओलीको राजनीति बिघटन हो, उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतबाट संबिधान पुनस्थपना हुन्छ तर ओलीको पुनस्थापन अब हुदैन ।’ नेता अधिकारीले जनताको जनबाद सम्म पुग्ने लक्ष्यका साथ पार्टी एकिकरण गरेको भएपनि ओलीले त्यसलाई पद र व्यक्तिगत स्वार्थसंग जोडेकाले पार्टी दुर्घटनाको अबस्थामा पुगेको बताउनुभयो ।
भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अनेरास्वबियूका केन्द्रीय सदस्य दिपेश पुनले प्रधानमन्त्री ओली नेपाली राजनीतिको कोरोना भाइरस भएको बताउनुभयो । प्रधानमन्त्री ओली गरेको संसद बिघटनले नेपाली राजनीतिमा कोरोना भाइरसको प्रवेश भएको भन्दै उहाँले युवा बिधार्थीहरुको आन्दोलन र त्यही आन्दोलनको बलबाट मात्र कोरोना भाइरस रुपी ओली प्रबृद्धिलाई निस्तेज पार्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य बिनय थापाले प्रधानमन्त्री ओलीको कदमले पार्टीलाई दुर्घटनामा पु¥याएको भन्दै प्रधानमन्त्रीको असवैधानिक कदमका बिरुद्ध युवा तथा बिधार्थीहरु एकजुट भएर उभिनुपर्नेमा जोड दिनुभयो । अनेरास्वबियू गोरखाका संयोजक सञ्जिव थापा मगरले सञ्चालन गर्नुभएको कार्यक्रम युवासंघ नेपालका केन्द्रीय सदस्य सुदिप नगरकोटीले अध्यक्षतामा सम्पन्न भएको हो ।