Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाबाट हिडेको नेपाली सेनाको एकिकरण पदयात्राको टोली नुवोकाट पुग्यो


2.8K
Shares

गोरखाबाट हिडेको नेपाली सेनाको एकिकरण पदयात्राको टोली नुवोकाट पुग्यो

नुवाकोट २४, पुस ।गोरखाबाट एकिकरण पदयात्रामा निस्किएको नेपाली सेनाको टोली नुवाकोट पुगेको छ । यही पुस २० गते गोरखा दरबार स्थित हनुमान चौताराबाट तत्कालिन राजा पृथ्वी नारायण शाहाले नेपाल एकिकरणका क्रममा प्रयोग गर्नु भएको ऐतिहासिक पदमार्गको प्रयोग गर्दै नेपाली सेनाको टोली पदयात्रामा निस्किएको थियो ।

नुवाकोटको शुभघाटमा आइपुगेको टोलीलाई विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डित, उपप्रमुख गीता कुमारी दाहाल, वडा नं १० का वडाध्यक्ष गणेशकुमार नेपाल लगायत स्थानीयवासीले स्वागत गरेका छन् । नुवाकोटको जबरजंग गणको नेपाली सैनिकले ग्रहण गरेको एकीकरण टर्च’ नुवाकोटको सामरीस्थित पृथ्वीनारायण शाहले बास बस्ने तथा उहाँको सैनिक फौज बसेको पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, डेउडी, राइसिंह, बाघटार, कोलनी, खिन्चेत हुँदै बाजागाजा तथा नाचगान शुभघाट आइपुगेको हो ।

गोरखाबाट हिँडेको दुई दिनपछि नुवाकोटको शुभघाट आइपुगेको ‘एकीकरण टर्च’ याली आज गेर्खुबाट केउरिनी चौतारो हुँदै नुवाकोटस्थित पृथ्वीनारायण शाहले नै निर्माण गर्न लगाएको साततले दरबार पुग्ने कार्यक्रम रहेको जबरजंग गण नुवाकोटका प्रमुख उदयबहादुर लामिछानेले जानकारी दिनुभयो । शुक्रबार दरबार परिसरमा विशेष कार्यक्रमपश्चात् अघि बढ्ने ‘एकीकरण टर्च’ ¥याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौंस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरेर त्यस –यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।

गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथी विजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology