Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ट्रम्पको सर्वत्र आलोचना, पदबाट तत्काल हटाउन सांसदहरुको माग


3.1K
Shares

ट्रम्पको सर्वत्र आलोचना, पदबाट तत्काल हटाउन सांसदहरुको माग

काठमाडौं २४, पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट बर्खास्त गर्न सांसदरुले माग गरेका छन् । चुनावी परिणामलाई लिएर ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेको घटनाको संसारभर विरोध भएसँगै सांसदहरुले उहाँलाई पदमुक्त गर्न सभामुख न्यान्सी पेलोसीलाई दवाव दिनुभएको छ ।

जर्जिया राज्यको दुई इलेक्ट्रो कलेजको मत गणानाको अन्तिम परिणाम सार्वजनिक हुनु अघि नै ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेपछि यसको सर्वत्र विरोध भएको हो । राष्ट्रपति ट्रम्पले यसअघि गत नोभेम्बर ३ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यसको परीणाम स्वीकार गर्नुभएको थिए । जर्जिया राज्यको मत परिणामसँगै संसदका दुवै सदनमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको वर्चस्व रहेको छ ।

सोही विषयलाई लिएर ट्रम्पले बाइडेनलाई विजयी घोषणा नगर्न उपराष्ट्रपति माइक पेन्सलाई पनि दवाव दिएका समाचारहरु यसअघि नै सार्वजनिक भएका थिए । हिजो भएको घटनामा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । प्रदर्शन र तोडफोडमा संलग्न भएको आशंकामा प्रहरीले ६८ जनालाई नियन्त्रणमा लिएको छ ।

यसैबीच सरकारी अधिकारीहरुले विरोध प्रदर्शनका क्रममा भएका धरपकड र तोडफोडमा घटना हुनु दुखद भएको भन्दै शान्त रहन अमेरिकी नागरिकसँग अपील गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology