काठमाण्डौ २३, पुस । पछिल्लो २४ घण्टामा नेपालमा चार सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार एक सय ३२ जनाको पीसीआर परीक्षण गर्दा चार सय १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार सय ५ पुगेको छ ।
हाल पाँच हजार ५८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । आज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको सङ्ख्या एक हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा चार सय ८३ जना उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।