Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा भीरबाट लडेर ७२ बर्षका एक बृद्धाको मृत्यु


3.1K
Shares

गोरखामा भीरबाट लडेर ७२ बर्षका एक बृद्धाको मृत्यु

गोरखा, २१ पुस । गोरखाको शहिद लखन गाउँपालिका–७ खाब्दी भञ्याङ्ग नजिकै भीरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । स्थानीय थापा गाउँका ७२ बर्षका तेजबहादुर थापाको गएराती भीरबाट खसेको मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । खाब्दीमा स्थानीयसंग साँझ भेटघाट गरेर घर जान भनि हिडेका थापा राती अबेरसम्म पनि घर नफर्किएपछि परिवार र आफ्न्तले उहाँको खोजी गर्दैै आएका थिए ।

‘राती करिब ८:३० बजे खाब्दी भञ्याङ्गबाट घर तर्फ जाँदै गरेको समयमा थापा भीरबाट करिब ५० मिटर तल खसेको अनुमान गरिएको छ, उहाँले भन्नुभयो, ‘स्थानीयले सडक छेउमा टोपी अल्झिएको देखेपछि हेर्दै जाँदा थापाकोे शव भीरमा अड्किएको अबस्था फेला परेको हो ।’ मृतक थापा सोमबार मात्र चितवनबाट गोरखा आएको परिवारको भनाई उदृत गर्दै वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी सहितको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरि मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology