Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अख्तियारको निर्णयको बिरुद्धमा काग्रेसद्धारा शुक्रबार पनि संसद बैठक अबरुद्ध


2.3K
Shares

अख्तियारको निर्णयको बिरुद्धमा काग्रेसद्धारा शुक्रबार पनि संसद बैठक अबरुद्ध

काठमाण्डौ । नेपाली काँग्रेसको अवरोधका कारण संसद बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ । आज बसेको पहिलो बैठक काँग्रेसले चल्न नदिएपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो । तर केही समयपछि सूचना टाँसेर सङ्घीय संसद् सचिवालयले संसद् बैठक पर्सिसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

आजको पहिलो बैठकमा काँग्रेस नेता मीनबहादुर विश्वकर्माले संवैधानिक आयोगलाई सरकार आफैँले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेको भन्दै संसद चलाउन सहयोग गर्न नसकिने बताउनुभयो । बैठक सुरु भए लगत्तै उठेर विरोध गरेका काँग्रेस सांसदलाई सभामुख अग्नि सापकोटाले बोल्न समय दिनुभएको थियो ।

काँग्रेसको तर्फबाट धारणा राख्दै सांसद विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाएको अख्तियारको दुरुपयोग गरेको आरोप लगाउनुभयो । सो समयमा निर्णय गर्ने प्रधानमन्त्री निर्दोष रहने तर जग्गा अनियमितता गराउनलाई कुनै सम्बन्ध नरहेको भौतिक पूर्वाधार मन्त्री दोषी हुने कसरी ? भन्दै विश्वकर्माले प्रश्न गर्नुभयो ।

काँग्रेसको मान्यता कानुनी राज्य हुनुपर्दछ, भ्रष्टाचार हुनुहुँदैन भन्ने भए पनि अहिले आएर राजनीतिक प्रपञ्च रचिएको उहाँको भनाइ थियो । काँग्रेसले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेकोमा विरोध गर्दै आएको छ । काँग्रेसले हिजोको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology