Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अवैध रकमसहित २५ बर्षिय युवक पक्राउ


1.8K
Shares

अवैध रकमसहित २५ बर्षिय युवक पक्राउ

मोरङ १७, पुस । मोरङको विराटनगर–१७ मटेरुवाबाट अवैध भारतीय रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने २५ वर्षीय सुजित कुमार रहेका छन् । उनी भारत अररीयाका हुन् ।

उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित साँझ ५ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो । सुजितको साथबाट पाँच सय दरका एक सय चारवटासहित ५२ हजार भारतीय रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology