पोखरा १६, पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकीले लज्जास्पद हार ब्यहोरेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकीलाई १ सय ४० रनले पराजित गरेको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ७ रनमै अलआउट बन्यो ।
८ ओभर टिकेको गण्डकीका ९ खेलाडी शुन्य रनमै आउट भए । गण्डकीका कुशुम गोदार र सोनिया थापाले मात्र समान २ रन बनाउन सके । गण्डकीले ३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर १ की संगिता राईले ५, सबनम राईले ४ र अपसरी बेगले १ विकेट हात पारे ।
सुरुवाती ब्याटिङ्ग गरेको प्रदेश नम्बर १ ले निर्धारित ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । समूहकै अर्को खेलमा बागमतीलाई पराजित गर्दै सुदुरपश्चिम समेत अन्तिम ४ मा प्रवेश गरेको छ ।
सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले पराजित ग¥यो । बाक्लो हुस्सुको कारण ११ ओभरमा छोट्याइएको खेलमा ७७ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले ४८ रन मात्र बनाउन सक्यो । फाईनल प्रवेशका लागि अब समुह बीको समुह विजेता प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेश र सुदुरपश्चिमले समुह एको विजेता एपीएफसँग खेल्नेछ ।