Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा प्रचण्ड नेपाल पक्षले आक्रामक रुपमा थाल्यो कार्यकर्ता भेला र प्रशिक्षण


4.3K
Shares

गोरखामा प्रचण्ड नेपाल पक्षले आक्रामक रुपमा थाल्यो कार्यकर्ता भेला र प्रशिक्षण

गोरखा १६, पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाको प्रचण्ड–नेपाल पक्षले बिहिबार जिल्लाका ५ वटा स्थानीय तहहरुमा आफु पक्षिय नेता कार्यकर्ताहरुका लागि पछिल्लो समसामहिक राजनीतिक अबस्थाको बारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । पाटीले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकामा पार्टी भित्रको पछिल्लो अबस्था तथा राजनीतिक घटनाक्रमका बिषयमा प्रशिक्षण गराइएको जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेपछि औपचारिक बिभाजन घोषणा मात्र बाँकी रहेको नेकपाको प्रचण्ड नेपाल पक्षले बिहिबारदेखि जिल्ला भित्र आक्रामक रुपमा पार्टी कार्यकर्तालाई भेला, बैचारिक राजनीतिक प्रशिक्षण सुरु गरेको हो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अलोकतान्त्रिक र सर्वसत्ताबादी भएको भन्दै यसका बिरुद्ध शसक्त भएर लाग्न निर्देशन दिएका छन् ।

गोरखा नगरपालिका स्तरीय पार्टीका अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य समेत रहनु भएका जिल्ला इन्चार्ज कृष्ण धिताल, नगरपार्टी कमिटिका अध्यक्ष बिशेश्वर कट्टेल लगायतले प्रशिक्षण दिनुभएको हो । नेकपा पालुङटार नगरकमिटि स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, केन्द्रीय सदस्य पर्शुराम रम्तेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पार्टीका बुद्धिजिवी संगठनको संयोजक डा.दिनेशचन्द्र देवकोटा पार्टीका गण्डकी प्रदेश समितिको कार्यालय सदस्य खोप बहाहुर कंडेल, गण्डकी प्रदेश कमिटिका सदस्य जुद्धबिलास भण्डारी, पालुङटार नगरपालिका उपाध्यक्ष पम्फा बसेल लगायतले प्रशिक्षण दिएका थिए ।

यता सिरानचोक गाउँपालिकामा भएको भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लगायतले प्रशिक्षण दिनुभएको थियो भने, शहिद लखन गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य अमर तमु, नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापा, नेता धनबहादुर बि.क लगायतले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका हुन् । उता जिल्लाको भीमसेन थापा गाउँपालिका स्तरीय पार्टीका अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुसिला सिखंडा, गाउँपालिका पार्टी कमिटिका अध्यक्ष बिनोद पाण्डे, जिल्ला पार्टी सचिवालय सदस्य प्रदिप सिंखडा, गोपाल बराइली लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology