Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बिरेन्चोक सामुदायिक होमस्टेका लागि निर्माण गर्न लागिएको भवनको शिलन्यास


6.5K
Shares

बिरेन्चोक सामुदायिक होमस्टेका लागि निर्माण गर्न लागिएको भवनको शिलन्यास

गोरखा, १५ पुस । गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक सामुदायिक होमस्टे नयाँ बन्न लागेकोे सामुदायिक भवनको बुधबार शिलन्यास गरिएको छ । गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच भवनको शिलन्यास गर्नुभएको हो । गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय पोखरा तथा तारा गाउँ बिकास केन्द्रको आर्थिक सहयोगमा सामुदायिक भवन निर्माण गर्न लागिएको बिरेन्चोक होमस्टे सञ्चालक समितिका सल्लाहकार कमला रानाले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि मन्त्रालयबाट १० लाख रुपैया र केन्द्रले रु ६ रुपैया बिनियोजन गरेको उहाँले बताउनुभयो । ‘तत्कालका लागि एउटा सभाहल र एउटा अफिस कोठा निर्माण गर्ने योजनामा हामी छौ, उहाँले भन्नुभयो, ‘आबश्यकता अनुसार थप गर्ने योजना होमस्टेको रहेको छ ।’ होमस्टे सञ्चालनमा ल्याउनका लागि तारा गाउँ बिकास केन्द्र, गोरखा नगरपालिका लगायतले यसअघि पनि सहयोग उपलब्ध गराएको सल्लाहकार रानाले जानकारी दिनुभयो ।

‘होमस्टे सञ्चालनका लागि प्रत्येक घरमा चरेसको थाल २/२ सेट, शौचालय निर्माणका लागि सहयोग, खानेपानीको व्यवस्थापनका लागि ट्याङकी खरिदका लागि आर्थिक सहयोग प्राप्त भएको थियो, उहाँले भन्नुभयो, ‘अहिलेसम्म करिब २२ लाख ५० हजार रुपैया सहयोग प्राप्त भइसकेको छ ।’ शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख पन्तले बिरेन्चोक सामुदायिक होमस्टे दर्ता गरिएको एक भित्रमा उल्लेख सफलता हासिल गरेको बताउनुभयो ।

उहाँले बिरेन्चोक होमस्टेले ऐतिहासिक, साँस्कृतिक सम्पदा भेषभुषा आदि जर्गेना गर्न लागि परेको बताउनुभयो । नगरप्रमुख पन्तले होमस्टेका सामुदायिक भवन निर्माण गर्दै जाँदा अपुग रहेको खण्डमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाध्यक्ष देवीबहादुर बस्नेतले होमस्टे सञ्चालन सुरु भएदेखि अहिलेसम्म एक बर्षमा बिरिन्चोकमा पर्यटन प्रर्बद्धन लगायत यहाँको कलासंस्कृतिको संरक्षणमा समेत टेवा पुगेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले सदरमुकाम नजिकै रहेको यस होम स्टेमा पाहुनाहरुको रोजाई बन्दै गइरहेको परिप्रेक्ष्यमा सास्कृतिक कार्यक्रमहरु , परिकारहरु र अन्य मौलिकता झल्कने रितिरिवाजहरुलाई अध्ययन गर्ने उद्देश्यले पनि पाहुनाहरु आउने हुनाले त्यस्ता विषयलाई पनि समेटेर योजना बनाउन आग्रह गर्नुभयोे ।

बिरिन्चोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना राना मगरको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा सामुदायिक बन उपभोक्ता समिति , खानेपानी उपभोक्ता समिति , टोल बिकास समिति, समाजसेवी, व्यावसायी, नागरिक समाज सहित ४३ जनाको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology