काठमाण्डौ २५, पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नी बिरामी श्रीमती भेट्न अस्पताल पुग्नु भएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड पत्नी सीता दाहाललाई बुधबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
अध्यक्ष प्रचण्ड अपरान्ह बिरामी श्रीमतीलाई भेट्न अस्पताल गएको खुमलटार स्रोतले बतायो। त्यसअघि प्रचण्ड पेरिसडाँडामा पार्टी नेताहरुसँग छलफलमा थिए। छलफल सकिए लगत्तै उहाँ अस्पताल पुग्नुभएको हो । अहिले उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छोरी गंगा दाहालले जानकारी दिनुभयो ।