Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

७० बर्ष लडेर ल्याएको उपलब्धी माथि कम्युनिष्ट पार्टी भित्रैबाट क्रुर प्रहार : नेकपा अध्यक्ष प्रचण्ड


2.2K
Shares

७० बर्ष लडेर ल्याएको उपलब्धी माथि कम्युनिष्ट पार्टी भित्रैबाट क्रुर प्रहार : नेकपा अध्यक्ष प्रचण्ड

काठमाण्डौ १३, पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरी संघर्षबाट प्राप्त उपलब्धिलाई खतरामा पारेको बताउनुभएको छ । ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धि माथि कम्युनिष्ट पार्टी भित्रैबाट क्रुर प्रहार भएको उहाँले बताउनुभयो ।

पार्टीको भातृ संगठनले आज पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा प्रचण्डले कम्युनिष्ट पार्टी भित्र ठूलो सांस्कृतिक, वैचारिक विचलन देखा परेको धारणा राख्नुभयो । ७० वर्ष लडेर ल्याएका उपलब्धिमाथि क्रुर प्रहार भएको प्रचण्डको टिप्पणी थियो । २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको र त्यसको दुरुपयोग भएको कुराबाट शिक्षा लिएर अहिलेको संविधानमा त्यो अधिकार कटौती गरिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

नेकपाभित्रको आन्तरिक विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले आफूसँग संवैधानिक रूपमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेकाले संसद् जीवित रहेको दाहालको भनाइ थियो । संसद् विघटनको असंवैधानिक कदम चालेको ओलीको सरकार विघटन भएको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology