गोरखा १३, पुस । गोरखामा अबैध लागू औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्वर ६ पुरानो वसपार्कमा शंका लागेर खानतलासी गर्दा लागू औषध सहित युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुुर थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ बतासे घर भएका २१ बर्षका नविन नेपाली रहेका छन् । उनको साथबाट १ सय १० थान लागू औषध समेत बरामद गरिएको उहाँले बताउनुभयो । डाइजेपाम ३८ एम्पुल, नुफिन ३७ र फेनारगन ३५ एम्पुल सहित नेपालीलाई आइतबार साँझ पक्राउ गरिएको अधिकारीले जानकारी दिनुभयो ।
नेपालीले झोलामा लुकाएर बोकी हिडेको अबस्था लागू औषध भेटिएको प्रहरीको भनाई छ । पक्राउ परेका नेपाली बिरुद्ध आज जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्धा दर्ता गरि २० दिनको थपेर अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो ।