काठमाण्डौ १३, पुस । नेपाल आयल निगमले गत आर्थिक वर्ष ०७६÷७७ मा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । कोराना भाइरस ९कोभिड–१९०को प्रभावले इन्धन खपत कम हुँदा पनि निगमले १२ अर्ब ८७ करोड नाफा कमाउन सफल भएको हो ।
निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार, मोतिहारी–अमलेखगन्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपी ग्यासमा दिँदै आएको अनुदान घटेकोले आर्थिक वर्ष ०७६र७७ मा निगमको नाफा बढेको हो । ‘झट्ट हेर्दा यो नाफा रकम बढी जस्तो देखिन्छ, तर हामीले गरेको कुल कारोबारको तुलनामा करिब पाँच प्रतिशत मात्र हो,’ कार्यकारी निर्देशक पौडेलले भन्नभुयो । ।
अघिल्लो आवको तुलनामा निगमले गत आवमा करिब पाँच अर्ब रुपैयाँ बढी नाफा कमाएको छ । निगमले आर्थिक वर्ष ०७५÷७६मा आठ अर्ब ७५ करोड नाफा कमाएको थियो । त्यसअघि आर्थिक वर्ष ०७४÷७५ तीन अर्ब ५८ करोड नाफा आर्जन गरेको थियो ।
गत आवमा निगमले दुई खर्ब ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । यसबाट सरकारलाई विभिन्न शीर्षकमा ६६ अर्ब ८८ करोड राजस्व भुक्तानी गरेको पौडेलले बताउनुभयो । निगमले गत आवमा २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो आवको तुलनामा ११ प्रतिशतले कम हो ।
आर्थिक वर्ष नाफा रकम
०७६÷७७ – १२ अर्ब ८७ करोड
०७५÷७६ – ८ अर्ब ७५ करोड
०७४÷७५ – ३ अर्ब ५८ करोड
०७३÷७४ – ९ अर्ब ४५ करोड
०७२÷७३ – १९ अर्ब ३६ करोड
स्रोत ःनेपाल आयल निगम