गोरखा १२, पुस । गोरखाको मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार १ हप्ता बन्द हुने भएको छ । मर्मतका लागि पुस १४ देखि पुस २० गते सम्म मनकामना केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
प्रालीले सुचना जारी गर्दै केबलकार निर्माण कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार मर्मत गर्नुपर्ने उल्लेख गरेको छ । एक हप्ता केबलकार सेवा बन्द हुँदा भक्तजनलाई पर्ने असुविधा प्रति दर्शन प्रालीले क्षमा याचना गरेको छ ।
पुस २१ गतेदेखि नियमित केबलकार संचालन हुनेछ । गएको चैत महिनादेखि लकडाउनका कारण बन्द भएको केवल यही पुस महिनादेखि मात्र नियमित सञ्चालनमा आएको थियो ।