संखुवासभा, १२ पुस । संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र नेपाल प्रहरी बिच दोहोरो भीडन्त भएको छ । जिल्ला प्रहरी कार्यालयबाट नियमित गस्तीमा खटिएको प्रहरीको टोलीलाई टोली चैनपुर–४, मैदानेमा बिप्लवका कार्यकर्ताले गोली प्रहार गरेका थिए ।
प्रहरीले त्यसको जवाफी फायरिङ मात्र गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । सो क्रममा विप्लव समूहका कार्यकर्ताले ४÷५ राउण्ड फायरिङ गरेको थियो भने प्रहरीले दर्जन बढी जवाफी फायरिङ गरेको उहाँले बताउनुभयो ।