Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

शुक्रबार दिउँसोबाट नेपालमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना


2.4K
Shares

शुक्रबार दिउँसोबाट नेपालमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौं ।
शुक्रबारबाट मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । तर आज दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने छ । हाल देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको मौसमको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने छ । देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा र मध्य तथा पूर्वी पहाडी भूभागका १÷२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने छ । देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपातको सम्भावना देखिएको महाशाखाले जानकारी गराएको छ ।

यसैबीच, आजबाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा वर्षाको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology