Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेकपाको औपचारिक बिभाजनको हुन लाग्दा चिनियाँ बिशेष टोली आज नेपाल आउदै


3.9K
Shares

नेकपाको औपचारिक बिभाजनको हुन लाग्दा चिनियाँ बिशेष टोली आज नेपाल आउदै

काठमाडौं १२, पुस र नेपालमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा मात्र बिभाजनको घोषणा हुन बाँकी रहेका बेला उत्तरी छिमेकी देश चीनबाट उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने भएका छन्।

स्रोतका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली आज काठमाडौं आउन लागेका हुन् ।नेपालमा सत्तारुढ दल नेकपा अनौपचारिक विभाजन हुनै लागेको चीनका उच्च अधिकारी काठमाडौं आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाल भ्रमणमा आउने चिनियाँ टोलीले नेकपाका नेता तथा सरकारी अधिकारीहरुलाई भेट्ने बताइएको छ। चिनियाँ अधिकारीहरु नेपाल आउनलागेको बारे सत्ताधारी नेकपाले औपचारिक रुपमा जानकारी भने दिएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology