Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बस दुर्घटनामा परि १ को मृत्यु ८ घाइते


3.3K
Shares

बस दुर्घटनामा परि १ को मृत्यु ८ घाइते

हेटौडा ११, पुस (रासस) हेटौंडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भइ बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिनुभयो। सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन्।

घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology