पोखरा १०, पुस । पोखरा महानगरपालिका स्थित वडा नं २९ को पटनेरी र वडा नं ३३ को बागमारा जोड्ने पटनेरी स्थित सेती नदीको पुलबाट खसेर शुक्रबार दिउसो एक महिलाको मृत्यु भएको छ ।
करिब १२: ५५ बजे खसेर परिचय नखुलेकी अन्दाजी ५१ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पुलबाट खसेकी महिलाको सेतीनदी किनारमा शव भेटिएको थियो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।