Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सेवा समाज कतारको अध्यक्षमा खत्री, समाजले चुन्यो ११ स्थानीय तहका संयोजक


2.9K
Shares

गोरखा सेवा समाज कतारको अध्यक्षमा खत्री, समाजले चुन्यो ११ स्थानीय तहका संयोजक

गोरखा १०, पुस । गोरखा सेवा समाज कतारको अध्यक्षमा रामजी खत्री चयन हुनुभएको छ । कतारको राजधानी दोहामा बिहीबार भएको साधारण सभाले खत्रीलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो । खत्रीको अध्यक्षतामा १८ सदस्य समिति समेत सर्वसम्मत चयन भएका छन् । जसको बरिष्ठ उपाध्यक्षमा ओमराज गुरुङ र उपाध्यक्षद्वय बिमल न्यैपाने र जुम्मदीन मिया ‘करिम’ चयन भएको समाजले जनाएको छ ।

त्यस्तै गरी साधारण सभाले महासचिबमा बिकास श्रेष्ठ, सचिबद्वयमा गोकर्ण भट्टराई र अर्जून संग्रौलालाई चयन गरेको जनाइएको छ । सभाले कोषाध्यक्षमा सुजन धिताल, सह कोषाध्यक्ष जानु थापा मगर चयन गरेको जनाएको छ ।

त्यस्तै साधारणसभाले गोरखा नगरपालिका संयोजकमा हरी अर्याल, पालुङटार नगरपालिकाको संयोजकमा बिजय अधिकारी र सिरान्चोक गाउंपालिका संयोजकमा सुर्य गुरुङलाई चयन गरेको हो । यता बारपाक सुलिकोट गाउँपालिकाको संयोजकमा पुर्ण गुरुङ, आरूघाट गाउंपालिका संयोजकमा सिसिर गुरुङ, अजीरकोट गाउंपालिका संयोजकमा प्रेम गुरुङ, र सदस्यज्यूहरूमा राजाराम साही, नारायण पोख्रेल र हारून रसिद मियाँलाई चयन गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology