Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रधानमन्त्रीको कदम असंबैधानिक भएको गोरखामा क्रियाशिल ३ बिधार्थी संगठनको ठहर


6.4K
Shares

प्रधानमन्त्रीको कदम असंबैधानिक भएको गोरखामा क्रियाशिल ३ बिधार्थी संगठनको ठहर

गोरखा ९, पुस । गोरखा जिल्लाका भित्र क्रियाशिल प्रमुख तीन राजनीतिक दलका बिधार्थी संगठनहरुले प्रधानमन्त्रीको असबैधानिक कदमका बिरुद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेक छन् । आज बसेको बिधार्थी संगठनको संयुक्त बैठकले प्रधानमन्त्रीले गरेको संसद बिघटनलाई अलोकतान्त्रिक र असंबैधानिक भएको ठहर समेत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिधार्थी संगठन अनेरास्वबियू, नेपाल काग्रेस निकट बिधार्थी संगठन नेपाल बिधार्थी संघ र जनता समाजबादी पार्टी निकट बिधार्थी संगठन समाजबादी बिधार्थी युनियनले आज संयुक्त बिज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् । बिज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको प्रतिनिधीसभा बिघटनको सिफारिस तथा हठात रुपमा राष्ट्रपतिद्धार गरिएको बिघटनको घोर निन्दा एवंम भत्र्सना गरिएको छ ।

अनेरास्वबियूका जिल्ला संयोजक संजिब थापामगर, नेबिसंघका जिल्ला अध्यक्ष सुवास अधिकारी, र समाजबादी बिधार्थी यूनियनका गोरखा संयोजक मिलन न्यौपानद्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाली जनता कोरोना संक्रमणको त्रास र प्रभावबाट छटपटाई रहेका अबस्थामा जनताको जीवन रक्षाप्रति पूर्ण उदासिनता देखाउनदै सिंगो राष्ट्रलाई दुर्घटना तर्फ धकेल्न कदम चालिएको उल्लेख छ ।

प्रधानमन्त्रीको यो कदमले देश प्रतिगमन तर्फ जाने र नेपाली जनतामा व्यवस्था प्रति नै बितृष्णा पैदा हुने उनिहरुको दावी छ । बिधार्थी संगठनहरुद्धारा जारी संयुक्त बिज्ञप्तिमा नेपाली जनताले ठूलो त्याग तपस्या बलिदानले ल्याएको संघिय लोकतान्त्रिक गणतन्त्रको संबिधानलाई रक्षाका लागि जिल्ला भित्र क्रियाशिल ३ वटै बिधार्थी संगठन बिच सहकार्य गर्ने निर्णय समेत भएको जनाइएको छ ।

त्यस्तै अलोकतान्त्रिक, असंबैधानिक तथा प्रतिगमनलाई सहयोग पुग्ने गरि चालिएको कदम बिरुद्ध जिल्लाव्यापी प्रतिरोध गर्न सम्पूर्ण बिधार्थीहरुलाई आव्हान गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology