काठमाण्डौ ६, पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले भोली बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभएको छ ।
यसअघि नेकपाको हिजो बसेको स्थायी कमिटीको बैठकले भोली दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।
तर उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ ।