Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

ललिता निवास प्रकरण काग्रेसद्धारा संसद बैठक अबरुद्ध


2.9K
Shares

ललिता निवास प्रकरण काग्रेसद्धारा संसद बैठक अबरुद्ध

काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट विभेदपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

काँग्रेस सांसदको अवरोधका कारण आज बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेस सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको टिप्पणी गर्नुभयो ।

ललिता निवासको जग्गा प्रकरणमा आयोगले हिजो पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । भुसालले ‘उक्त प्रकरणमा देखाइएको भेदभाव’को विरोधमा बैठकको कारबाही चल्न नसक्ने भनेपछि काँग्रेसका सबै सांसद् आआफ्नो स्थानबाट उभिएका थिए ।

सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध हटेन ।

प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology