काठमाडौं ६, पुस । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा माग्नु भएको छ ।
उहाँले राष्ट्रपति पदको दुर्दशा भएको समेत आरोप लगाउनुभयो। डा. भट्टराईले स्व.मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बाँकी भए राजीनामा दिएर बिदा हुन राष्ट्रपतिलाई आग्रह गर्नुभएको हो ।
सामाजिक सञ्जाल ट्वीटरमा एक फोटो शेयर गर्दै उहाँले लेख्नु भएको छ ‘राष्ट्रपति पदको दुर्दशा, महामहिम, स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बॉकी भए राजीनामा दिएर विदा हुनोस् १’