Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रधानमन्त्रीको कदम संबिधान माथिकै ‘कु’ : सांसद अधिकारी


3.8K
Shares

प्रधानमन्त्रीको कदम संबिधान माथिकै ‘कु’  : सांसद अधिकारी

गोरखा ५, पुस । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले प्रधानमन्त्री संबिधान माथि नै ‘कु’ गर्नुभएको आरोप लगाउनु भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गर्नुभएपछि नागरिक सवाल डटकमसंग प्रतिक्रिया दिदै सांसद अधिकारीले संबिधान प्रधानमन्त्रीले यो किसिमको अधिकार प्रयोग गर्ने भन्ने कतै उल्लेख नभएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले राजनीतिक हिसाव नैतिक हिसावले अत्यन्तै घोर प्रतिगामी काम गरेको समेत प्रतिक्रिया दिनुभयो । ‘राजनीति र नैतिक हिसावले यो अत्यन्तै घोर प्रतिगामी काम हो, सांसद अधिकारीले भन्नुभयो, उहाँले किन यस्तो कदम चाल्नुभो भित्रको समस्या बाहिरको समस्या भन्ने पनि चर्चा आको छ, पार्टी भित्र भएका कुराहरु साहायक कुरा हुन् ।’

सांसद अधिकारीले प्रधानमन्त्री लामोसमय सम्म नै जाने गरि प्रतिगमनको नेतृत्व गर्ने गरि कदम चालेको हुनसक्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रतिगमनको नेतृत्व गर्ने गरि काम गर्दा सबै भन्दा धेरै राजनीतिक बिचलन उहाँकै हुने सांसद अधिकारीले दावी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले आफ्नो राजनीतिक भविस्य किन यति धेरै अन्यौल बनाउनुभयो भन्नेमा आफुलाई अचम्म लागेको बताउनुभयो । सांसद अधिकारीले संबैधानिक राष्ट्रपतिले समेत सुझबुझ पूर्ण निर्णय लिन नसकेको उल्लेख गर्नुृभयो । ‘अब अदालत बाँकी छ, अब अदालतले संबैधानिक हिसाबले भन्न सक्ने कुरा त केही पनि छैन, उहाँले भन्नुभयो, ‘देशी बिदेशी प्रतिगामीबाट अरु थप षडयन्त्र केही छ भने त्यो हेर्न बाँकी छ ।’

उहाँ सन्मानित अदातलको निर्णय सवैले कुर्नुपर्ने बताउनुभयो । सांसद अधिकारीले प्रधानमन्त्रीले पार्टी भित्रको बिबादका कारण संसद बिघटन गरेको भन्नु कम्युनिष्ट पार्टीलाई नबुझ्नु भएको उल्लेख गर्नुभयो । ‘पार्टीले प्रधानमन्त्री बनाएको हो, पार्टीले नै भोट मागेको हो, पार्टीकै एजेण्डामा सरकार बनेको हो, सांसद अधिकारीले भन्नुभयो, ‘यो सिस्टममा पार्टी भन्दा बाहिर कोही कसैले केही थ्यो भनेर भन्नु त कि त्यो अज्ञानता हो कि त्यो मुर्खता हो, कि त्यो षडयन्त्र हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology