गोरखा ४, पुस । जंगलमा आगो लगाएको आरोपमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ३ स्थित उहियाको जंगलमा आगो लगाएको आरोपमा युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ पर्ने धार्चे गाउँपालिका ३ का स्थानीयबासी २३ बर्षका गोपाल सुनार रहेका छन् । टेलिकमको टावर नजिकैको जंगलमा आगो लगाइएको भन्दै अनुसन्धानका लागि सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । युवकलाई माछाखोलाबाट खटिएका प्रहरीले टोलीले पक्राउ गरेको हो ।