गोरखा ३, मङ्सिर । गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत आयोजनाले सार्वजनिक जग्गामा बस्दै आएकाहरुलाई पनि मुआब्जा बितरण गर्ने भएको छ ।
समयदेखि सार्वजनिक जग्गामा बस्दै आएकाहरुलाई एउटा मापदण्ड बनाएर मुआब्जा दिने तयारी भएको आयोजनाको बातावरण, मुआब्जा, बितरण पुनर्वास तथा पुर्नस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो । सरकारी जमिनमा बसेकाहरु डुवानपछि सुकुम्बासी हुने भएपछि मुआब्जा बितरण गर्ने तयारी गरिएको हो ।
२०७४ जेठ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले रैकर जग्गासँगै ऐलानी, पर्ति सरकारी जग्गामा सरकारी जग्गा घुसाई भोगचलन गरिरहेकाको हकमा समेत जग्गाको क्षतिपूर्ति प्रदान गर्ने निणर्य गरेपछि कार्यदल गठन भएको हो ।
आयोजनाबाट डुबान क्षेत्रमा पर्ने घर गोठ, बोट बिरुवा, फलफुलको क्षतिपूर्ति दिनका लागि दररेट निर्धारणको प्रक्रिया पनि सुरु भएको छ ।