काठमाडौं २, पुष । पेन्सन लिईरहेकोहरुलाई सामाजिक सुरक्षा भत्ता रोक्न सरकारले दिएको छ। गृह मन्त्रालयले सरकार तथा सरकारी स्वामित्वमा रहेका संघ संस्थाबाट सेवा सुविधा लिइरहेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्नका लागि सबै स्थानीय तहलाई निर्देशन सहित परिपत्र गरेको हो ।
गृहको पत्रमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरुको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकास सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता रोक्न भनिएको छ।
