गोरखा २, पुष । गोरखामा आज थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लाको गोरखा नगरपालिका संक्रमित थपिएका हुन् ।
निर्देशनालयले गोरखा नगरपालिका वडा नम्बर ३ मा ६६ बर्षका एक पुरुष र वडा नम्बर ७ मा ७० बर्षका एक बृद्धामा संक्रमणको पुष्टी भएको जनाएको हो । दुवै जनाको चितवनको फिवर क्लिनिकमा गरिएको कोरोना परीक्षणमा संक्रमणको पुष्टी भएको हो ।