Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पताल व्यवस्थापन समितिका सदस्य अर्याललाई कोरोना संक्रमण


5.6K
Shares

गोरखा अस्पताल व्यवस्थापन समितिका सदस्य अर्याललाई कोरोना संक्रमण

गोरखा १, पुष । गोरखा अस्पताल व्यवस्थापन समितिका सदस्य एवंम गोरखा अस्पताल कोरोना व्यवस्थापनका लागि गठित टास्कफोर्सका सदस्य कबिता अर्याललाई कोरोना संक्रमणको पुष्टी भएको छ । गएको शुक्रबार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कोरोना परीक्षणका लागि स्वाब दिनुभएकी अर्यालको बुधबार (आज) रिर्पोट पोजेटिभ आएको हो ।

‘बुधबार र बिहिबार खानामा स्वाद भएन, उहाँले भन्नुभयो, त्यसबाहेका अन्य खासै समस्या नदेखिएपनि चिकित्सकको सल्लाहमा स्वांब संकलन गरि परीक्षणका लागि पठाएकोमा रिर्पोट पोजेटिभ आयो ।’ उहाँले आफुलाई अहिले कुनै पनि स्वास्थ्य समस्या नरहेको र अबस्था सामान्य रहेको बताउनुभयो ।

गोरखा अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि व्यवस्थापनमा नियमित खटिनु भएकी अर्यालले आफुसंग सम्र्पकमा रहेका सवैलाई सर्तकता अपनाउन पनि आग्रह गर्नुभएको छ । अर्याल अहिले होम आइसोलेसनमा रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology