Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

यि हुन प्रचण्ड र ओली बिच आज भएका सहमती (यो हेर्नुहोस)


3.2K
Shares

यि हुन प्रचण्ड र ओली बिच आज भएका सहमती  (यो हेर्नुहोस)

गोरखा १ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले अर्का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीसंग पार्टी स्थायी कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रतिबेदन फिर्ता गर्ने बिषयमा सहमती नभएको जनाएको छ ।

सचिवालयले प्रधानमन्त्री ओलीसंग मंगलबार सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको जनाएको छ । बिभिन्न सञ्चार माध्यमहरुमा प्रचण्ड र ओली बिच पार्टीको स्थायी कमिटीमा पेश भएको दुवै अध्यक्षको राजनीतिक प्रतिबदेन फिर्ता गर्ने सहमती भएको भन्ने समाचार सामाचार सार्वजनिक भएको सचिवालयले यस्तो जानकारी गराएको हो ।

बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले निम्न निर्णयहरु गरेको छ ।
१। सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ ।
२। संवैधानिक नियुक्तहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ ।
३। पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ ।
४। बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology