गोरखा २५ असोज : बुढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ। खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टरसमेत परिचालन गरिएका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिम (Composite Quick Reaction Team) समेत हवाई साधनमार्फत उक्त क्षेत्रमा तैनाथ भएको छ।
नेपाली सेनाका अनुसार बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो।
बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका व्यक्तिहरूको सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट खटिएको छ।
प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षित स्थानान्तरणको कार्य जारी रहेको जानकारी प्राप्त भएको छ।