Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाको नाममा अनलाइन ठगी प्रयास


1.4K
Shares

राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखाको नाममा अनलाइन ठगी प्रयास

गोरखामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालयको नाम प्रयोग गरी ग्राहकहरूलाई ठगी गर्ने उद्देश्यले फोन कलहरू भइरहेको पाइएको छ। बैंकको गोरखा शाखाले जिल्ला प्रहरी कार्यालय गोरखालाई पत्राचार गर्दै यस किसिमका शंकास्पद गतिविधि गर्ने व्यक्तिमाथि आवश्यक कारबाही अगाडि बढाइदिन अनुरोध गरेको छ।

पछिल्लो तीन दिनदेखि ९७०७१०१६६७  नम्बरबाट बैंकको कर्मचारी भन्दै ग्राहकहरूलाई फोन गर्ने क्रम बढेको छ। ठगहरूले अनलाइन केवाईसी (Online KYC) र राष्ट्रिय परिचयपत्र (NID Update) अद्यावधिक गर्नुपर्ने बहाना बनाएर ग्राहकहरूको मोबाइल बैकिङ विवरण हात पार्ने र ठगी गर्ने मनासय राखेको बैंकले जनाएको छ। बैंकका अनुसार यसरी फोन गर्नेहरूले सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्।

ग्राहकहरूको वित्तीय सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै बैंकका शाखा प्रबन्धक सुजन क्यापछापी मगरले यस गैरकानूनी कार्यमा संलग्न मोबाइल नम्बर प्रयोगकर्तालाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरीलाई आग्रह गर्नुभएको छ। बैंकले आफ्ना ग्राहकहरूलाई कुनै पनि अपरिचित नम्बरबाट बैंकको नाममा आउने यस्ता शंकास्पद फोन कलको विश्वास नगर्न र आफ्नो गोप्य बैंकिङ विवरण कसैसँग पनि सेयर नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology