Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भरतासंग जोड्न पञ्चेबाजा वितरण


315
Shares

गोरखा नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भरतासंग जोड्न पञ्चेबाजा वितरण

गोरखा १५ असोज । कुनै समय विवाह, जात्रा, पर्व र विशेष सांस्कृतिक अवसरमा पुरुषहरूको हातमा मात्रै देखिने पञ्चेबाजा अब गोरखाका महिला समूहका हातमा पनि पुग्न थालेको छ। पञ्चेबाजाको तालसँगै महिलाको नेतृत्व, आत्मनिर्भरता र सांस्कृतिक संरक्षणमा जोड्न गोरखा नगरपालिकाले बिभिन्न पाँचवटा महिला समुहलाई पञ्चेबाजा वितरण गरेको हो ।

गोरखा नगरपालिकाले उपप्रमुख नेतृत्व विकास कार्यक्रमअन्तर्गत पाँच वटा महिला समूहलाई पञ्चेबाजा वितरण गरेको हो। यसले महिला समूहहरूको क्षमता विकाससँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । विवाह, व्रतबन्ध, जात्रा, धार्मिक तथा सामाजिक समारोहमा बजाइने पञ्चेबाजाले पुस्तौँदेखि समुदायका मौलिक परम्परा र संस्कृतिलाई जीवन्त राख्दै आएको छ।

नगरपालिकाको यो पहलले महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा नयाँ अवसरसमेत प्रदान गर्नेछ। पञ्चेबाजा बजाउने सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न सके महिला समूहले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमबाट आयआर्जनको बाटोसमेत बनाउन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology