Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

हिम्लुङको हिउँपहिरोले चुँड्यो दुई जीवन, अब गाउँ फर्किंदैछन् गोरखाका वीरेन्द्र र आशबहादुर


399
Shares

हिम्लुङको हिउँपहिरोले चुँड्यो दुई जीवन, अब गाउँ फर्किंदैछन् गोरखाका वीरेन्द्र र आशबहादुर

गोरखा १५ असोज।   परिवारको खुसीका लागि केही कमाउने सपना बोकेर मनाङको हिम्लुङ हिमाल पुगेका गोरखाका दुई युवा अब आफैं फर्किने छैनन्। गत आइतबार मनाङको नार्पाभूमि–५ स्थित हिमलुङ आधार शिविरमा आएको हिउँपहिरोले उनीहरूको जीवन खोस्यो।

हिउँपहिरोमा बेपत्ता भएका धार्चे गाउँपालिका–२ केरौंजाका ४५ वर्षीय आशबहादुर गुरुङ र ३२ वर्षीय वीरेन्द्र गुरुङको शव भेटिएको छ।  वीरेन्द्रको शव गत सोमबार र आशबहादुरको शव बुधबार दिउँसो फेला परेको हो।

हिमालमा बेपत्ता भएपछि परिवारका आँखा उनीहरू फर्किने आशामा बाटोतिर टोलाइरहेका थिए।  ३२ वर्षीय वीरेन्द्र हिमालयन होलिडेज कम्पनीमा बेसक्याम्प सहयोगीका रूपमा काम गर्न हिमलुङ पुगेका थिए। ४५ वर्षीय आशबहादुर भने इम्याजिन नेपाल एक्स्पिडिसन प्रालिबाट गाइड तथा कुकम्यानका रूपमा त्यहाँ पुगेका थिए।

वीरेन्द्रको शव शिक्षण अस्पतालमा पोस्टमार्टमपछि गाउँ ल्याउने तयारी भइरहेको छ। आशबहादुरको शव भने अझै मनाङमै छ। हिमाल चढ्नेहरूको यात्रा सुरक्षित बनाउन आफैं हिमालको कठोरतासँग जुधिरहेका यी दुई गोरखालीको यात्रा भने हिमलुङकै हिउँमा टुंगिएको छ।

अब केरौंजाको बाटो हुँदै उनीहरू घर फर्किनेछन्—तर यसपटक हिँडेर होइन, परिवार र गाउँलेको आँसु बोकेर।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology